राष्ट्रिय

प्यूठानमा भेटिएका शव सबै रोल्पा पहिरोका बेपत्ता

प्यूठान । माडी र लुङ्ग्री खोला किनारमा भेटिएका पाँच वटा शव रोल्पा पहिरोका बेपत्ताको रहेको खुलेको छ ।

भेटिएका शव रोल्पाको थबाङ गाउँपालिका–५ कोतलाबाङ क्षेत्रमा गएको पहिरोले बगाएर ल्याएका व्यक्तिहरूका रहेको प्रहरीले जनाएको छ ।

थबाङ गाउँपालिका–५ कोतलाबाङका ७ वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुन मगर, ३४ वर्षीया विष्णु पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगरका रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारी बताउनुभयो ।

Related Articles

Back to top button