राजनीति

एमालेको मिसन पार्टी जागरण अभियान : पालिका स्तरको बिस्तारित बैठक सम्पन्न

प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मिसन पार्टी जागरण अभियान अन्तर्गत प्यूठानमा जिल्ला कमिटी र पालिका कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । अभियानको पहिलो चरणमा जिल्ला र नौ वटै पालिका तहमा विस्तारित तथा पूर्ण बैठक सम्पन्न गरिएको एमाले प्यूठानले जनाएको छ ।

अभियानमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज सूर्यबहादुर थापा क्षेत्री, केन्द्रीय प्रतिनिधि हरिप्रसाद रिजाल, केन्द्रीय प्रतिनिधि धनबहादुर रायमाझी, जिल्ला कमिटी अध्यक्ष विजयविराज विष्ट, केन्द्रीय प्रतिनिधि तुल्सीराम शर्मा, केन्द्रीय प्रतिनिधि धर्म गिरीको बिशेष उपस्थिति थियो ।

जिल्ला कमिटी बैठकले प्रदेश कमिटीको निर्धारित समयसीमाभित्र पार्टीको संगठित सदस्यता नवीकरण गरिसक्ने र सबै पालिकाका वडा र सदस्य तहसम्म पुगेर प्रत्यक्ष उपस्थितिमा नवीकरणको निर्णय कार्यान्वयन गर्ने संकल्प गरिएको नेकपा एमाले प्यूठानले जनाएको छ ।

यस अभियानका क्रममा पराजयको परिणामबाट उत्पन्न निराशालाई चिर्दै एकताबद्ध, जुझारु र पुनःव्यवस्थित भएर अघि बढ्ने तथा आगामी स्थानीय र प्रदेशतहको निर्वाचनसम्म मिसन पार्टी जागरण अभियान निरन्तर रहने नेकपा एमाले प्यूठानले जनाएको छ ।

Related Articles

Back to top button