साहित्य सृजना

गजल !

  • सुरेशकुमार पाण्डे

हुन्छन पसिनाले जीवन धानेकाहरु,
जोखिम पुर्ण काम सबै छानेकाहरु।

रमाउँछन काम लाई कर्म ठाने पछी,
इमान धर्मले आफै लाई बानेकाहरु।

समाज भित्र सोशक फटहा पनि छन,
आफैलाई भगुवान जस्तै ठानेकाहरु।

लुटेर गरीबको पसिना चुसेर रगतनी,
ब्यबहार लाई नै दयावान मानेकाहरु।

सक्दैनन परिश्राम गर्न धर्तिका बोझ,
ऐयासी गर्न र खान मात्र जानेकाहरु।

गर्दैछन रजाई गरिब ले नबुझदा सम्म,
मज्दुर सबैको परिश्रमिक तानेकाहरु।

Related Articles

Back to top button