प्यूठान, १५ असार । नौवहिनि गाउँपालिकामा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।
राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा नौवहिनि गाउँपालिकाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकामा कोरोना संक्रमितको कुल संख्या २८ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । यस्तै प्यूठान नगरपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । जसमध्ये नौवहिनि गाउँपालिकाका १६ जना, सरुमारानी गाउँपलिका १ जना र माण्डबी गाउँपालिकाका १ जना निको भएर फर्किसकेका छन् ।