> राष्ट्रिय > थप तीन जनामा कोरोना संक्रमण


थप तीन जनामा कोरोना संक्रमण

प्यूठान, २२ चैत ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । मन्त्रालयले कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेको जनाएको छ्
संक्रमण देखिएको व्यक्तिहरु मध्ये मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष रहेका छन् । त्यसैगरी कैलालीको ३४ वर्षीय महिला रहेकी छन् । उनी यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको मन्त्रालयले जनाएको छ । यो सँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । नेपालमा गरिएको परीक्षणबाट हालसम्म नौ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । पछिल्लो समय सरकारले देशका सवै प्रदेश अन्र्तगत मुख्य मुख्य शहरमा कोरोना परीक्षण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *