साहित्य सृजना

गजल !

  • सुरेशकुमार पाण्डे

कयौँ अकाल मा सति भएर मरेका थिए,
आफ्नै घरमा बि-मति भएर मरेका थिए।

त्योत छुट्टैछ बिचार देश र जनताहरु को,
कयौँ बेला मा दुरगती भएर मरेका थिए।

शंघर्षनै शंघर्षले भरीएछ ईतिहाश हाम्रो,
सदियौँ देशभित्र खती भएर मरेका थिए।

कहिले छिमेकीले उपयोग गय्रो युवाहरु,
सदै देशभित्रनै बिपती भएर मरेका थिए।

गर्छन असमान सन्धि सम्झौता साशकले,
त्यसैले त गोर्खा भरती भएर मरेका थिए।

साँचै भन्छु युवाहरु सदैभए बोका बलिका,
साशकको मष्तिक क्षेती भएर मरेका थिए।

राणा राजा बहुदल सबैले जनता दोहनगरे,
गृहयुद्ध समेत यँहा अति भएर मरेका थिए।

Related Articles

Back to top button