> समाज > खानेपानीमन्त्रीको उपस्थितीमा स्वर्गद्धारीमा खानेपानी व्यवस्थापन सम्बन्धी अन्र्तक्रियात्मक कार्यक्रम


खानेपानीमन्त्रीको उपस्थितीमा स्वर्गद्धारीमा खानेपानी व्यवस्थापन सम्बन्धी अन्र्तक्रियात्मक कार्यक्रम

प्यूठान, १५ माघ । स्वर्गद्धारीमा खानेपानी व्यवस्थापन सम्बन्धी अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँची÷वुटवलको आयोजनामा स्वर्गद्धारी आश्रममा कार्यक्रम गरिएको हो ।

आयोजनाका महानिर्देशक मिना श्रेष्ठको अध्यक्षता तथा संघीय खानेपानीमन्त्री मणीचन्द्र थापाको प्रमुख आतिथ्यतामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपालकै ७ धामको रुपमा परिचित धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीमा खानेपानीको समस्याका बारेमा जानकारी लिनका लागि अन्र्तक्रिया कार्यक्रम गरिएको हो । नजिकै प्रयाप्त मात्रामा जलप्रवाह गर्न सक्ने मुहान नहुनाले आश्रममा खानेपानीको समस्या छ । जसले गर्दा आश्रममा आवासिय रुपमा बसोबास गर्न, चार सय भन्दा बढी बाह्मण, सादु, सन्त बटुक, पिउने तथा स्नान नृत्यकर्म सञ्चालन गर्न तथा चार सय ६० भन्दा बढी गाईहरुलाई पानी खुवाउनका लागि समस्या परेको आश्रमका उपाध्यक्ष ध्यानानन्द गिरीले बताउनुभयो। त्यस्तै आश्रमका दैनिक रुपमा दुई सय भन्दा बढी दर्शनार्थीहरुलाई प्रयाप्त मात्रामा पानी पु¥याउन नसकेको उहाँले बताउनुभयो । यो संगै विभिन्न मेला पर्वहरुमा दर्शनार्थीको संख्यामा बृद्धि हुनेहुदाँ पानीको व्यवस्था गर्न समस्या पर्ने उहाँको भनाई छ। नेपाल सरकारको आर्थिक सहयोगमा आश्रमको ३ किलोमिटर तल अवस्थित कुग्रीङ्ग खोलाको पानीलाई लिफ्ट गरेर केही समाधान गरेपनि हाल आएर सुक्दै गएकाले समस्या आएको उहाँले बताउनुभयो ।

 

आश्रममा भक्तजनहरुको चाप निरन्तर बढ्दै गएकाले आश्रमको नजिकै अर्को बैकल्पिक मुहान नभएको हुदाँ स्वर्गद्धारी नगरपालिका अन्र्तगत माण्डवी नदीको पानी पिउन योग्य बनाई लिफ्ट बनाई आश्रमसम्म यथासिघ्र पु¥याउन नसकेको खण्डमा अबको केही समयमा आश्रमले खानेपानीको ठूलो समस्या हुने उहाँको भनाई थियो । कार्यक्रममा लिफ्ट मार्फत स्वर्गद्धारी आश्रममा आउने भक्तजनलाई सेवा पु¥याउने प्रयोजनका लागि नेपाल सरकारको केन्द्रिय नीतिमा पारी योजना पुरा गरिदिनुहुन अनुरोध सहितको पत्र खानेपानीमन्त्री थापालाई आश्रम मार्फत दिईएको थियो । त्यस्तै स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले पनि स्वर्गद्धारी आश्रमको मुल समस्याका रुपमा रहेको खानेपानीको विषयमा अन्र्तक्रिया कार्यक्रम गरेकोमा धन्यवाद दिनुभयो । यो समुद्री सतहदेखी उचाईमा रहेको भुभाग रहेकाले यहाँ खानेपानीको समस्या रहेको बताउनुभयो ।

 

यहाँ आएका दर्शनार्थीलाई एक गिलास खानेपानी पिउनका लागि पनि धौ–धौ छ उहाँले भन्नुभयो । पानीको अभावमा आश्रममा कामका योजनाहरु बनाएपनि सफल पार्न सकिएको छैन्, उहाँले भन्नुभयो,– खानेपानीको समस्या समाधान गर्न आवश्यक छ ।’ खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले बनजंगलको संरक्षण नहुनाले खानेपानीका मुलहरु सुक्दै गएको बताउनुभयो ।स्वर्गद्धारी आश्रमको खानेपानी समस्या समाधानका लागि बैकल्पिक श्रोतहरु हेर्ने बताउनुभयो । न्युनतम खर्चमा प्रयाप्त पानी हुने गरी योजना बनाउने उहाँको भनाई छ । २/३ हप्तामै अध्ययनका लागि टोली पठाउछौँ, सचिव बेल्बासेले भन्नुुभयो,–जतिसक्यो चाँडो अध्ययनको काम सकाउने छौँ। ’ यस वर्षको बैशाखसम्म लगत स्टिमेट डिजाईन तयार गर्ने र अब आउने बार्षिक कार्यक्रममा संघीय सरकारबाट बजेट विनियोजन गरी कार्यक्रम राखेर कार्यान्वयनमा लैजाने समेत उहाँले बताउनुभयो ।

 

अन्र्तक्रिया कार्यक्रममा खानेपानीमन्त्री थापाले एक हप्ता अगाडी स्वर्गद्धारीमा आफु उपस्थित भएको र यहाँको खानेपानीको समस्याका बारेमा जानकारी पाएको बताउनुभयो । जिल्लासंगै देशकै गन्तव्य रुपमा रहेको पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीमा मन्त्रालयको समुह खानेपानी समस्या बुझ्नका लागि आएको उहाँले बताउनुभयो ।

 

विदेशतिर सानो–सानो प्रोजेक्टहरुमा पनि राष्ट्रपती, प्रधानमन्त्रीहरु ईन्भल्व हुन्छन्, उहाँले भन्नुभयो,– तर हाम्रो देशमा त्यस्तो खालको अवस्था छैन् ।’ शासकीय विशेषता, ढालुबाद खालको रहेको र ब्युरोके्रसी र राजनीतिकर्मीबीच जहिलेपनि एक अर्काबीच डराएर बस्नुपर्ने स्थिती रहेको उहाँले बताउनुभयो । जनतासंग दुबै जान नसक्ने स्थिती छ, उहाँले भन्नुभयो,–यस्तो खालको मनोबृतिलाई नतोड्दासम्म देश विकास हुदैँन।’ प्रत्यक्ष रुपमा राजनीतिककर्मी, ब्युरोकेस्री र टेक्नीसियनहरुको कनेक्सन जनतासंग नहुने हो भने विकासका अवधारणाहरु सही ढंगले अगाडी बढ्न नसक्ने मन्त्री थापाले बताउनुभयो । स्वर्गद्धारीको खानेपानी समस्या समाधानका लागि दु्रत गतीमा काम गरेर परिणाम देखाउन सबै टिम लाग्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *