> Uncategorized > ‘शिक्षक मैनबत्ति हो, आफु जलेर उज्यालो दिन्छ’


‘शिक्षक मैनबत्ति हो, आफु जलेर उज्यालो दिन्छ’

अनुज पछाई

प्यूठान । शिक्षक आफु जलेर उज्यालो दिने मैनबत्ति जस्तै भएको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्रि कृष्णध्वज खडकाले बताउनुभएको छ ।                                                                                 
शिक्षक मैनबत्ति जस्तै आफु जलेर उज्यालो दिने ब्यक्ति हो मन्त्रि खडकाले भननुभयो कुनै पनि ब्यक्तिलाई शिखरमा पुर्याउने ब्यक्ति नै शिक्षक हो । शिक्षक पेशा एक मर्यादित पेशा भएको मन्त्रि खडकाले बताउनुभयो । एकिकृत अखिल नेपाल शिक्षक संगठन प्यूठानको छैठौ जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्रि खडकाले उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्रि खडकाले समाजलाई कस्तो बनाउने भन्ने कुरा को सम्पूर्ण जिम्मेबारी शिक्षकको हातमा रहने भएकाले समाजबादि शिक्षा प्रदान गरि समाज परिबर्तनको संबाहक बनाउन मन्त्रि खडकाले आग्रह गर्नु भयो ।
समाज निर्माण गर्ने बिद्यार्थीले हो मन्त्रि खडकाले भन्नुभयो बिदार्थीलाई सभ्य बनाउने काम शिक्षको हातमा छ ।
किसान , मजदुर तथा राजनितिज्ञलाई सहि सल्लाह सुझाब दिएर सहि बाटोमा हिडाउने मुख्य जिम्मेबारी शिक्षकको भएको मन्त्रि खडकाको भनाई छ ।
समाजको कुन ब्यक्ति योग्य छ भनेर शुक्ष्म ढगबाट अध्यन गरि पार्टीलाई अग्रपतिमा पुर्याने मुख्य हात शिक्षको भएकाले अबको चुनाबमा माओबादी केन्द्रलाई एक नम्बर पार्टी बनाउन शिक्षहरुको भूमिका अग्रडि रहने उहाको भनाई छ ।
अबको साना साना कार्य देखि ठूला ठूला सिफारीस सम्मका सम्पूर्ण कार्य वडाबाट हुने भएकाले प्यूठान जिल्लाको सम्पूर्ण वडाहरुमा माओबादी केन्द्रका प्रतिनिधि हुनुपर्ने भएकाले शिक्षकले अब सहि र योग्य ब्यक्ति छनोट गर्न मन्त्रि खडकाले आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *