प्यूठान । प्यूठान नगरपालिका ४ मा नेकपा एमाले विजयी भएको छ । एमालेबाट वडा अध्यक्षमा रेशम कार्की, दलित महिला सदस्य माया विक गहतराज, खुल्ला सदस्य खड्क राना रा टिका बहादुर खत्री विजयी हुनुभएको छ ।

महिला सदस्यमा गठबन्धनबाट गिता भण्डारी विजयी हुनुभएको छ । वडा अध्यक्षमा कार्कीले १०५७ र गठबन्धनबाट उम्मेदवार चन्द्रमान श्रेष्ठले ७९१ मत पाउनुभएको छ ।






