प्यूठान । स्थानीय तह निर्वाचनका लागि जिल्लाभर गठबन्धन हुन सकेको छैन । अन्तिम समयमसम्म गठबन्धन गर्ने प्रयास असफल भएको छ । जसका कारण जिल्लाका तीन स्थानीय तहमा नेकपा माओवादी केन्द्र गठबन्धनबाटै एक्लिएको छ ।
झिमरुक गाउँपालिका, मल्लरानी गाउँपालिका र ऐरावती गाउँपालिकामा माओवादीले एक्लै चुनाव लड्दैछ । जसका लागि मनोनयन दर्ता गराईसकेको छ ।
झिमरुक गाउँपालिकामा अध्यक्ष पदका लागि पित बहादुर एमसी, उपाध्यक्ष पदका लागि रुपा जिसीको उम्मेदवारी परेको छ । वडा अध्यक्ष पदका लागि १ नं. वडामा रविन्द्र केसी, २ नं. वडामा रतन खड्का, ३ नं. वडामा धनिराम जैसी, ४ नं. वडाा प्रेम पुन, ५ नं. वडामा दल बहादुर जिसी, ६ नं. वडामा नारायण प्रसाद श्रेष्ठ, ७ नं. वडामा भक्त बहादुर जिसी र ८ नं. वडामा तुलस बस्नेतको उम्मेदवारी परेको छ ।
मल्लरानी गाउँपालिकामा पनि माओवादी एक्लै चुनाव लड्दै छ । अध्यक्ष पदमा टिएस गुरुङ र उपाध्यक्ष पदमा रुकमणी भट्टराईको उम्मेदवारी दर्ता भएको छ । वडा अध्यक्ष पदका लागि १ नं. मा गोविन्दराज जैसी, २ नं. मा मदन केसी, ३ नं. मा युवराज पौडेल, ४ नं. मा रामचन्द्र सुनार र ५ नं. मा विष्णु दर्लामीको उम्मेदवारी परेको छ ।
त्यसैगरी ऐरावतीमा माओवादीले पालिका उपाध्यक्षमा उम्मेदवारी दिएको छैन । उसले अध्यक्ष पदका लागि बुद्ध बहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । ६ नं. वडा अध्यक्षमा पनि उम्मेदवारी दिएको छैन ।
माओवादी केन्द्रले १ नम्वरमा द्रोण प्रसाद पाण्डे, २ नम्वरमा भिमेस घर्तिमगर, ३ नम्वरमा ठग बहादुर शाही, ४ नम्वरमा भोटमान पुन, ५ मा नवराज श्रेष्ठको उम्मेदवारी परेको छ ।