प्युठान । प्युठान नगरपालिकाले नगरपालिका भित्र सुचिकृत मेलमिलापकर्तालाई पुनर्ताजगी तालीम दिएको छ । कानुनी सेवा तथा परामर्श सम्बन्धि ३ दिने तालीम संचालन गरिएको हो ।
पालिकामा ३४ जना सुचिकृत मेलमिलापकर्ता छन । तालीमको सहजीकरण तामाकोसी सेवा समिति रामेछापका प्रशिक्षक गीता सिलवाल र मन्जु कार्की खड्काले गर्नुभएको छ ।
तालीमको अन्तिम दिन सबै वडा अध्यक्षलाई समेत राखेर छलफल गरिने कानुन ईकाइका उजुरी प्रशासक दिपक पौडेलले जानकारी दिनुभयो ।
