राष्ट्रियसम-सामायिकसमाजस्थानीय सरकार

प्यूठान आयुर्वेदद्धारा जिल्लाभर औषधी वितरण

[mashshare]

प्यूठान, ३१ वैशाख । प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाले जिल्लाभर नौ वटै स्थानीय तहमा रोग प्रतिरोधात्मक औषधी तथा परामर्श सेवा सम्पन्न गरेको निमित्त कार्यालय प्रमुख शिशिर पोख्रेले जानकारी दिनुभएको छ ।

जिल्लाभर ६७ क्वारेन्टाइन स्थलका ६०९ जनालाई रोग प्रतिरोधत्मक औषधी वितरण गरिएको हो । जसमा ७ जना जेष्ठ नागरिक, ४ जना सुत्केरी पनि रहनु भएको छ ।

प्यूठान नगरपालिकामा १३ क्वारेन्टाइनमा १६० जनालाई कोरोना प्रतिरोधात्मक औषधी वितरण, ४ जना जेष्ठ नागरिकलाई रसायनिक औषधी विरण, प्यूठान अस्पतालमा ९ जना सुत्केरीलाई दुग्धबर्धक औषधी वितरण त्यस्ते सरुमारानी गाउँपालिकामा १८ जना, ऐरावती गाउँपालिकामा ३६ जना, नौबहिनी गाउँपालिकामा २५ जना र गौमुखी गाउँपालिकामा ११४ जनालाई वितरण गरेसँगै जिल्लाभरको कार्यक्रम सम्पन्न भएको कविराज निरिक्षक टुक बहादुर रोकाले जानकारी दिनुभयो ।

रोग प्रतिरोधात्मक औषधी सँगै तनाव व्यावस्थापन, योग, ध्यान, नृत्य लगायतका विषयमा परामर्शका साथै जनप्रतिनिधि लगायत अग्रपन्तिमा रहेर काम गर्नेको लागि पनि रोगप्रतिरोधत्मक औषधि वितरण गरिएका छ ।

सामाजिक विकास मन्त्रालय ५ नम्बर प्रदेशको निर्देशन अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतीबाट कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा व्यवस्थापन सम्बन्धी स्रोत सामाग्री २०७७ कार्यान्वयन बमोजिम कार्यक्रम सञ्चालन गरिएको समेत पोख्रेलले जानकारी दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close