बासुदेव गिरी
प्यूठान, २३ चैत्र ।
झिमरुक गाउँपालिका वडा नं. ८ टिमुरचौरमा गाउँ भित्र आउन र बाहिर जान रोक्नका लागि युवा स्वयमसेवक परिचालन गरिएको छ । वडाले गरेको निर्णय अनुसार युवाहरुले स्वमसेवकको भुमिका निर्वाह गरेका हुन् ।
गाउँ प्रवेश नाकामा जनप्रतिनिधिहरुको नेतृत्वमा २÷३ जना स्वयमसेवक आलोपालो खटाईएको वडा अध्यक्ष तुलस बस्नेतले जानकारी दिनुभयो ।
गाउँ प्रवेशका ६ नाकाहरु दिहाल्ना, देऊराली, खलापोखरी, कोलचौर, रातामाटा र सेवलीघारीमा निगरानी बढाएका हुन् । आवत जावतलाई पूर्ण रोक लगाइएको छ ।
कोरोना भाईरसका संक्रमितहरु बढ्दै जाँदा गाउँ गाउँमा उच्च सतकर्ता अपनाउन थालिएको छ ।
नेपाल सरकारले एक ठाउँबाट अर्काे ठाउँ प्रवेश नगर्न भन्दै लक डाउनको कडाई गर्ने निर्णय गरेको छ ।






