प्यूठान, २१ असार । आइतवार प्यूठानमा थप ९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।
पिसिआर परीक्षण पोजेटिभ आएपछि आइसोलेसनमा बस्दै आएका ९ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । कोरोना मुक्त भएकाहरुलाई घर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । घर जानेहरुमा नौवहिनी गाउँपालिकाका ३ जना, सरुमारानी गाउँपालिकाका ५ जना र गौमुखी गाउँपालिकाका १ जना रहेका छन् ।
यससँगै प्यूठानमा कोरोना निको भएर घर फर्कनेको संख्या ८३ पुगेको छ । कुल ३२६ जना संक्रमित मध्ये ८३ जना घर फर्कीसकेका छन् भने बाँकी संक्रमितलाई स्थानीय पालिकाले बनाएको आईसोलेसनमा राखिएको छ ।