गौमुखी । अपाङ्ग संजाल गौमुखीको आयोजनामा एक दिने अपाङ्गताका सवालमा जनप्रतिनिधि र कर्मचारी हरुका लागि अभिमुखीकरण कार्यक्रम मंगलबार गौमुखी गाउँपालिकाम सम्पन्न भएको छ।
गौमुखी गाउँपालिकाको अर्थिक सहयोगमा गाउँपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो।
गौमुखी गाउँपालिकाका जनप्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत, बिषयगत शाखाका प्रमुख, अन्य कर्मचारी र अपाङ्गता संजालका प्रतिनिधिहरुलाई साझा बुझाई गराउनका लागी अभिमुखिकरण कार्यक्रम गरिएको अपाङ्ग संजालका अध्यक्ष निरज हमालले बताउनु भएको छ।
कार्यक्रमको सहजीकरण र्राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहजकर्ता जुमान सिंह के सीले अपाङ्गता भएका ब्यक्तिको वर्तमान अवस्था, बनेका निति, नियम,अपाङ्गता परिचयपत्र, सेवा सुबिधा तथा स्थानीय तहले अपाङ्गता भएका ब्यक्तिको अधिकार र सेवा प्रवाहमा गर्न पर्ने भुमिकाको बिषयमा सहजीकरण गर्नु भएको थियो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष महाबिर रानामगरले अपाङ्गता भएका ब्यक्तिको सवालमा गाउँपालिका संबेदनसिल रहेको भन्दै सबैको सहयोग र सहकार्य आवस्यक रहेको बताउनु भएको थियो “उहाले सेवालाई अपाङ्गता मैत्री बनाउन पहल गरिने साथै अब बन्ने भौतिक संरचना अपाङ्गता मैत्री निर्माणमा ध्यान दिने बताउनु भएको छ। गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत खुम बहादुर घर्तीले अपांगता भएका ब्यक्तिको हित र बिकासमा सबैको ध्यान जान पर्ने भन्दै गाउँपालिकाको नीति कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिको सवाललाई प्राथमिकता दिने बताउनु भयो साथै उहाँले अपाङ्गताका सवालमा जनप्रतिनिधि र कर्मचारीको बुझाई साझा बनाउन मद्दत पुगेको भन्दै आगामी दिनमा सहजता हुने बिश्वास व्यक्त गर्नु भएको थियो।
कार्यक्रमको अध्यक्षता संजालका अध्यक्ष निरज हमाल र महिला बालबालिका शाखाका उमा अर्यालले संचालन गर्नु भएको थियो।
