> समाज > खोरेत रोग सम्वन्धि सचेतनामुलक कार्यक्रम


खोरेत रोग सम्वन्धि सचेतनामुलक कार्यक्रम

प्यूठान, २६ फाल्गुन । प्यूठानमा खोरेत रोग सचेतना र नियन्त्रणको लागि सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खोरेत रोग लाग्ने तथा फैलने मौसम सुरु भएकोले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको एकिकृत कृषि तथा पशुपन्छि बिकास कार्यालय प्यूठानका प्रमुुख डा. उत्तम आचार्य बताउनु भएको । उहाँको अनुसार खोरेत रोग माघ, फाल्गुन, चैत्र, बैसाख र जेठमा हावा तथा अन्य बिभिन्न को माध्यम बाट यो रोग सर्ने गर्दछ ।

कार्यक्रममा जिल्लाको ९ वटै स्थानिय तहका पशुपालक तथा पालिकाका पशु साखाको प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अथिति जेष्ठ पशुपालक कृष्ण प्रसाद अधिकारी रहनु भएको थियो । उहाँका अनुसार सचेतनामुलक कार्यक्रमले सबै पशुपालकलाई सहज हुने बताउनु भएको छ । प्यूठान जिल्लामा हाल खोरेत रोग नभएको प्रमुख आचार्यले बताउनु भएको छ ।

 

खोरेत रोग गाई, भैसि, सुंगुर, बुङ्गुर, बाख्रा, भेडा लगायत खुर हुने जनावरलाई लाग्न सक्ने आचार्यको भनाई रहेको छ । लुम्विनी प्रदेशका तराईका ६ वटा जिल्लालाई यहि बर्षबाट खोरेतको खोप लगाउन सुरु गरेकोले कुनै समस्या भएमा एकिकृत कृषि तथा पशुपन्छि कार्यालयमा वा आ–आफ्नो स्थानिय तहमा लक्षण देखिना साथ खवर गर्न आग्रह गर्नु भएको छ ।

आचार्यका अनुसार खोरेत रोगले बच्चा पशु मर्ने तथा हुर्किएका माउ तथा बरहरुलाई प्रजनन्मा समस्या हुने गर्दछ । यसका लक्षणहरु मुख, थुन, तथा खुट्टामा घाउ हुने गर्दछ भने प्राथमिक उपचार घरमै समेत गर्न सकिने उहाँको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *