प्यूठान । नेकपा एमाले प्यूठान नगरकमिटी सर्वसम्मत निर्वाचित भएको छ ।
सहमति जुट्न नसक्दा पदाधिकारी चयनमा समस्या देखिएपनि लामो समयको छलफलबाट सर्वसम्मत कमिटी गठन भएको हो ।
नेकपा एमाले प्यूठान नगरकमिटीको अध्यक्षमा टंक बहादुर खड्का, उपाध्यक्ष धुर्व जिसी, सचिव आकाश भण्डारी, उप सचिव दिल बहादुर दसौदी, उपसचिव(समावेशी) कमला आचार्य रहनुभएको छ ।






