प्यूठान, १४ भाद्र । प्यूठान नगरपालिका वडा नं. १ र २ का विभिन्न स्थानमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रमसँगै माक्स वितरण गरिएको छ ।
युवा हित मञ्च प्यूठान र पब्लिक बोर्डिङ स्कुलको संयुक्त आयोजनामा तथा प्यूठान नगरपालिका वडा नं २, प्रहरी विट क्वाडि, अनेरास्ववियु प्यूठान र राष्ट्रिय युवा संघ प्यूठानकोे समन्वयमा प्यूठान नगरपालिका वडा नं. १ र २ का विभिन्न स्थानमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रमसंगै माक्स वितरण गरिएको युवा हित मञ्च प्यूठानका अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो । कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रम र माक्स वितरण कार्यक्रम क्रमश जिल्लाका विभिन्न स्थानमा गर्दै जाने उहाँको भनाई छ । आइतवार प्यूठान नगरपालिका १ र २ का आरनेटा, भारिवाङ, चितिखोला, क्वाडि, तल्लो क्वाडि लगायतका क्षेत्रमा करिव २००० माक्स वितरण गरिएको हो, उहाँले भन्नुभयो, “जोखिम बढेपछि विभिन्न संस्थासँगको समन्वयमा पुन कोरोनाविरुद्ध सचेतना मुलक कार्यक्रम तथा माक्स वितरण कार्यक्रम सञ्चालन गरेका छौँ ।”

समुदाय, विद्याथी र सार्वजनिक काममा हिड्ने व्यक्तिहरुलाई केन्द्रित गरेर निरन्तर कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रम र माक्स वितरण गरिएको अनेरास्ववियु प्यूठानका सहसंयोजक तथा पब्लिक वोर्डिङ स्कुलका प्रतिनिधि पुस्कल शर्माले बताउनुभयो । कोरोना भाइरस (कोभिड–१९) बाट सबैलाइ सचेत रहन आग्रह समेत गरिएको उहाँले बताउनुभयो ।

अनेरास्ववियुका केन्द्रिय सदस्य सुमनराज श्रेष्ठको विशेष सहभागिता तथा युवा संघ प्यूठानका अध्यक्ष सुरज रोकामगर, अनेरास्ववियु प्यूठानका सहसंयोजक पुस्कर शर्मा, प्रहरी विट इन्चार्ज हरि वस्तेत, युवा हित मञ्चका उपाध्यक्ष प्रचण्ड खड्का, सामाजिक अभियान्ता हरि बस्नेत, विरवल के.सी, प्यूठान न.पा २ का अगुवा युवा चेतन कवर लगायतको सहभागितामा उक्त कार्यक्रम गरिएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।







