प्यूठान । गत असारमा प्यूठान नगरपालिका वडा नम्वर १० नेपानेमा भएको हत्या काण्डमा घाईते अवस्थामा फेला परेका सुरेश बस्नेतको मृत्यु भएको छ ।
२४ वर्षीय सुरेश बस्नेतको ३ महिना भैरहवा मेडिकल कलेजमा उपचारपछि प्यूठान अस्पतालमा उपचार भैरहेकोमा आईतबार राती मृत्यु भएको हो ।
घटनामा हेमन्त पुनमगर मृतअवस्थामा भेटिएका थिए । प्रहरीले तीन जना विरुद्ध हत्याको अभियोग सहित मुद्धा दायर गरेको छ । घाईते सुरेश बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताउनुभयो ।
उहाँका अनुसार उक्त घटनाको मुद्धाको फैसला भइसकेको छैन । अदालतले पुरपक्षका लागि थुनामा पठाएको छ । अभियुक्तमध्ये २ जना बालक रहेका छन् ।






