प्युठान । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । गढवा गा.पा.-५ लोखरपुर दाङ बस्ने १९ वर्षीय सुमन चौधरी र १६ वर्षको बालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
उनिहरुले असोज १० गते राती १० बजेको समयमा प्यूठान नगरपालिका- ८ खप्रेङखोला स्थित कृष्ण बहादुर थापाको घरको आँगनमा राखेको केमान सिंह थापाको बा ८९ प ४२४० नम्बरको २२० सि सिको पल्सर मोटरसाईकल र असोज ११ गते राती १ बजेको समयमा जिल्ला माण्डवी गा.पा.- १ देविस्थान स्थित राजेन्द्र अधिकारीको घरको आँगनमा राखेको रा ३ प ८०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा बा ८९ प ४२४० नंम्बरको मोटरसाइकल कपिलवस्तु चन्द्रौटा र रा ३ प ८०५ नम्बरको मोटरसाईकल दाङ गढावामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्नहरुलाई पक्राउ गरि प्युठान जिल्ला अदालतबाट म्यादथप भई थप अनुसन्धान भईरहेको छ ।
