> राष्ट्रिय > नेपाने घटना : हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टी


नेपाने घटना : हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टी

दुई बालक सहित तीन जना पक्राउ
सागर रिजाल

प्यूठान, १७ असार ।
गत सोमवार विहान मृत्त अवस्थमा भेटिएका युवाको हत्या भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । प्यूठान नगरपालिका-१० नेपानेमा मृत्त अवस्थमा भेटिएका २४ वर्षिय हेमन्त भन्ने नरेन्द्र पुन मगरको हत्या भएको पुष्टि भएको हो ।

 


सोहि ठाँऊ बस्ने वर्ष १५ र १७ को दुई बालक र मल्लरानी गाउँपालिका-३ बस्ने वर्ष १८ को रेमबहादुर घर्तिको आक्रमणबाट नरेन्द्रको हत्या भएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

 

दिदिको गोठ बनाउने काममा गएका नरेन्द्र काम सकिएर फर्कने क्रममा हत्या भएको हो । ‘काम सकिएपछि उनीहरु मादक पदार्थ सेवन गर्न थाले ।’ ,प्रहरी नायव उपरिक्षक मल्लले भन्नुभयो, ‘सामान्य विवादबाट शुरु भएको घटना हत्या योजनासम्म पुग्यो ।’ प्यूठान नगरपालिका-१० पातिहाल्ना घर जाने क्रममा उनीहरुले बाटो कुरेर नरेन्द्र र उनीसँग रहेका २५ वर्षिय सुरेश बस्नेत माथि आक्रमण गरेको प्रहरी अनुसन्धानमा देखिन्छ ।
लौरोले टाउकोमा आक्रमण गर्दा नरेन्द्रको ज्यान गएको र सुरेश घाईते भएको प्रहरीले जनाएको छ । शक्त घाईते सुरेशको भैरहवामा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजि मुकुन्द आचार्यको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्ल, इन्सपेक्टर देविप्रसाद गैरे, इलाका प्रहरी कार्यालय विजुवारका इन्सपेक्टर प्रकाश खत्रीको नेतृत्व र लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समुहको संयुक्त टोलीले घटनाको अनुसन्धानको क्रममा यस्तो पुष्टि गरेको हो ।

 

प्रहरी हिरासतमा रहेकाहरुलाई ज्यान सम्वन्धी कसुरमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
विहिवार पत्रकार सम्मेलन गरी घटना बारे प्रहरीले सार्वजनिक गरेको घटना विवरण यस्तो छ ः

मिति २०७८ असार १३ गते प्यूठान नगरपालिका-१० पातिहाल्ना बस्ने वर्ष २४ को हेमन्त भन्ने नरेन्द्र पुन मगर र वर्ष २५ को सुरेश बस्नेत नेपानेमा हेमन्तको दिदिको गोठ बनाउने काममा गए । काम सकिए पछि नजिकैको ढेव्री पसलमा खाजा खान थाले । सोहि ठाँऊका १५, १७ वर्षिय बालक र मल्लरानी गाउँपालिका वडा नं. ३ धनुवास बस्ने १८ वर्षिय रेमबहादुर घर्ति सहित उनीहरुले खाजासँगै मादक पदार्थ समेत सेवन गरे । सोहि क्रममा दुवै पक्ष वीच विवाद शुरु भयो । रेमबहादुर घर्तिले ‘यि केटाहरुले मलाई रिस उठाएँ यिनिहरुलाई पिटुनु पर्छ’ भनि दुई जनासँग सल्लाह गरे । घटनामा संलग्न एक जना बालकले आफ्नै घरबाट एक/एक वटा दाउरा लिई बाटो माथि लुकेर कुरे । आफ्नो घरबाट टाढा पुगेपछि कुट्ने भनि कुरि बसिरहे । हेमन्त र सुरेश अधिक मादक पदार्थ सेवन गरी हिड्न नसकि बाटोमा नै धेरै समयसम्म बसिराखेकाले सोहि ठाऊँमा अन्दाजी ९ः३० बजेको समयमा कुटपिट गरी छाडी दुई बालक आफुनो घरमा र रेमबहादुर घर्ति संलग्न मध्येको एक बालको घरमा गई सुते ।

असार १४ गते विहान ६ः३० बजेको समयमा हेमन्तको शव र सुरेश शक्त घाईते अवस्थामा भेटिएका थिए । रेमबहादुर गोठको लागि आवश्यक काठको काम गर्न नेपाने पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *