प्यूठान । प्रेस चौतारी प्यूठानले संगठनका संस्थापकदेखि पूर्व अध्यक्षलाई सम्मान गरेको छ । प्रेस चौतारी प्यूठानको सातौं जिल्ला अधिवेशनमा संगठन स्थापनाकालदेखिका पूर्व अध्यक्षलाई सम्मान गरेको हो ।
संस्थापक अध्यक्ष इमानसिंह भारती, पूर्व अध्यक्ष बुद्ध बहादुर जिसी, गिरु प्रसाद भण्डारी र एलबी थापालाई सम्मान गरिएको हो ।
त्यसैगरि प्रेस चौतारी सम्मान कोषबाट पूर्व अध्यक्ष एलबी थापालाई नगद पाँच हजार रुपियाँ सहित सम्मान गरिएको छ ।
स्व.गोपालदास पत्रकारिता पुरस्कारबाट पत्रकार बोम बहादुर परियारलाई नगद पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । स्व. गोपालदास नकर्मीका छोरा पशुपति नारायण नकर्मीले स्थापना गर्नुभएको पुरस्कारको मुल रकम ५० हजारबाट बढाएर ७५ हजार रुपियाँ पुर्याउनुभएको छ ।
२५ हजार रुपियाँबाट शुरु गरेको अक्षयकोष अहिले ७५ हजार पुर्याउनुभएको हो । पत्रकारहरुको हौसलाका लागि आफ्नो परिवारले बुवाको सम्झनामा अक्षयकोष स्थापना गरेको जानकारी दिनुभयो । सो अवसरमा अक्षयकोषका संरक्षक नकर्मीलाई समेत सम्मान गरिएको थियो ।
विचार निर्माण गर्न मिडियाको भूमिका महत्वपूणर्
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले स्थायी कमिटी सदस्य मणीचन्द्र थापाले विचार निर्माणका लागि मिडियाको भूमिका महत्वपूणर् हुने बताउनुभयो । उहाँले चौतारीका सदस्यहरु देशको मुलधारका मिडियामा विचार प्रवाह गर्नसक्ने क्षमताको हुनुपर्नेमा जोड दिनुभयो । त्यसतर्फ अघि बढ्न पत्रकारलाई आग्रह गर्नुभयो ।
विदेशमा मिडिया व्यावसायिक रुपमा अघि बढेको बताउँदै उहाँले नेपालको सन्र्दभमा अझै पनि व्यावसायिक हुन नसकेको बताउनुभयो । नेपालमा गणतन्त्र स्थापनासँगै पत्रकारिता क्षेत्रको विकास भएपनि अझै व्यावसायिक हुन नसकेको बताउनुभयो ।
विशेष अतिथी नेकपा एमाले पोलिटव्यरो सदस्य सूर्य थापाले प्रेस चौतारीलाई बढीभन्दा बढी व्यावसायिक बनाउन आग्रह गर्नुभयो । उहाँले सञ्चार क्षेत्र आग्रह पूर्वाग्रहबाट ग्रसित रहेको बताउनुभयो ।
मनोगत र भ्रमपूणर् समाचार प्रेषित गर्ने कार्यले समाजको सेवा नहुने भन्दै तथ्यपरक भएर समाजको सेवा गर्न आग्रह गर्नुभयो । उहाँले पत्रकारलाई लेख्ने, बोल्ने र व्यावसायिक कार्यमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव भरत केसीले सञ्चार क्षेत्रको विसका गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । राज्यको केन्द्रदेखी स्थानीय तहसम्म विज्ञापन नीति बनाएर अघि बढेमा धेरैजसो सञ्चारमाध्यमले भोग्दै आएको आर्थिक समस्या हल हुने उहाँको भनाई छ । तर त्यसका लागि कर्मचारी संयन्त्रले नै नचाहिरहेको उहाँले बताउनुभयो ।
उहाँले लुम्विनी प्रदेश सरकारले अघि बढाएको संचार सम्वन्धी विधेयक संसदमा छलफल गरि सच्चाएर अघि बढाउन आग्रह गर्नुभयो । प्रदेश सरकारले यस विषयमा चौतारीसँग समन्वय नगरेको भन्दै विधेयक फिर्ता नगरी संसदमै सरोकारवालालाई बोलाएर छलफल गरि अघि बढाउन आग्रह गर्नुभयो ।
उद्घाटन शत्रमा केन्द्रिय सदस्य गिरु भण्डारी, संस्थापक अध्यक्ष इमानसिंह भारती, केन्द्रीय सदस्य दीपा पौडेल, पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल, जनपत्रकार संगठनका प्रतिनिधि राजेन्द्र राउत क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य हरि रिजाल, जिल्ला अध्यक्ष तुल्सीराम शर्मा लगायतको उपस्थिती रहेको थियो । प्रेस चौतारी प्यूठानका संयोजक नोमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सह संयोजक विजयसिंह भारती र सञ्चालन बासुदेव गिरीले गर्नुभएको थियो ।