> समाज > नेपाली सेनाले बिध्यार्थिलाई दिन थाल्यो तालिम


नेपाली सेनाले बिध्यार्थिलाई दिन थाल्यो तालिम

अनुज पछाई , प्यूठान । नेपाली सेनाको इन्द्रध्वज गण प्युठानले क्षेत्रबिकास माध्यमिक बिद्यालमा छनौट भएका बिद्यार्थीका लागी एनसीसी जुनियर तालिम सञ्चालन गरेको छ ।

नेपाली सेनाको मध्यतालिम शिक्षालय हात्तिखोर का अ.म बेगम कुमार शाहिले क्षेत्रबिकास माध्यमिक बिद्यालयबाट छनौट भएका बिद्यार्थी लाई प्रथम प्रबचन गर्नु भएको हो । सो प्रबचनमा उहाले तालिमले जीबन उपयोगि सीप सिकाई हुने बताउनुभयो । तालिमबाट राष्ट्रमा आईपरेको विपद्को समयमा सहयोग पुग्न सक्ने र विद्यार्थीमा आत्मनिर्भरता, अनुशासित, सहनशिलता, कार्य क्षमतामा बृद्धि हुने बताउनुभयो ।


यस किसिमका तालिम देशव्यापी रहेको बताउदै अगामी दिनमा समेत यस्ता तालिमले निरन्तरता पाउने बताउनुभयो । उक्त कार्यक्रममा वोल्दै मध्यतालिम शिक्षालय हात्तिखोर का प्यूठ योगेन्द्र बोगटिले विद्याथीलाई अनुशासित भएर तालिममा सहभागी हुन आग्रह गर्दै सिकेका कुरा व्यवहारमा ल्याउन सुझाव दिनुभयो ।

७९ दिनको संस्थागत तालिम र २१ दिन बार्षिक सामुहिक क्याम्प गरी १ सय दिनको एनसीसी तालिम हुने नियम भएपनि यस बर्ष फेरी कोभिड –१९ को तेस्रो भेरियनट “अ‍ोमिक्रोन” देशमा भित्रिसकेको हुनाले यस बर्ष ३५ दिन संस्थागत र १५ दिन बार्षिक सामुहिक क्याम्प गरि ५० दिन मात्र एनसिसि तालिम सञ्चालन हुने इनद्रध्वज गण खलंगाले जनाएको छ ।

तालिममा शारिरिक तालिम, ड्रिल, सैनिक कला, हाईकिङ्ग, एरोबिक्स, हतियार तालिम दिने भएको छ । त्यस्तै ब्यक्तित्व विकास र सास्कृतिक आदान प्रदान समेत ३५ दिन सम्म दिने भएको इन्द्रध्वज गणले जनाएको छ ।


तालिममा क्षेत्रबिकास माबिको कक्षा ८,९ र १० मा अध्यनरत १८ जना छात्रा र १८ जना छात्र गरि ३५ जना बिद्यार्थीको सहभागिता रहेको क्षेत्रबिकास माध्यमिक बिद्यालयका प्रअ पितम्बर खडकाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *