प्यूठान, असोज १२ गते । बाटो खन्ने क्रममा पहिरो खसेर एक्साभेटर पुरिदा चालकको मृत्यु भएको छ ।
देविस्थान तिराम सडक खण्ड अन्र्तगत माण्डवी गाउँपालिका वडा नं. १ डामृखोलामा बाटो खन्ने क्रममा बाटो माथिबाट पहिरो खसेर एक्साभेटर पुरिदा चालक(अपरेटर) नर्सिङ बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
सितगंगा नगरपालिका वडा नं. ८ लापे अर्घाखाँचीका ४० वर्षिय बुढामगरलाई पहिरोले पुरेपछि घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
मदनभण्डारी लोकमार्ग अन्र्तगत उक्त सडक स्तरोन्नतीको काम भइरहेको छ ।
तस्विरः निर्माण व्यवसायी नविन कुमार श्रेष्ठको फेसबुकबाट





