> समाज > प्यूठानमा बजार अनुगमन जारी : ३ लाख मुल्य बढीको म्याद गुज्रेको सामान बरामद


प्यूठानमा बजार अनुगमन जारी : ३ लाख मुल्य बढीको म्याद गुज्रेको सामान बरामद

प्युठान । चाडवाडलाई लक्षित गर्दै प्युठानमा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । यसैक्रममा अनुगमन टोलीले बुधबार कक्षपति ट्रेडर्स बाग्दुलाको गोदामबाट ३ लाख मुल्य बढीको म्याद गुज्रिएका विभिन्न खाद्यबस्तु बरामद गरेको छ ।

 

 

अनुगमन गर्दा ३ लाख ४६ हजार ५०७ रुपियाँ बराबरको म्याद गुज्रिएको तथा कमसल सामानहरु बरामद गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्युठानका सुचना अधिकारी चम्पक श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

चाडपर्वको समयमा हुनसक्ने कालोबजारी, म्याद गुज्रिएका सामानको किनबेचलाई रोक्न जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्याल, स्थानीय तहले नियमित बजार अनुगमन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *