> राष्ट्रिय > मल्लरानी गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न


मल्लरानी गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न

प्यूठान । मल्लरानी गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई वडा नं. २ को वडा कार्यालय कुँडारामा गरेको हो ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले सहभागीबाट आएका प्रश्नको जवाफ दिँदै पालिकाले समग्र पालिकावासीको चाहना बमोजिम विकास निर्माणका काम अघि बढाउँदै लगेको बताउनुभयो । उहाँले कतिपय विकास निर्माण योजनामा विवाद उत्पन्न भएपनि त्यसको सहजीकरण गर्दै पालिका अघि बढेको उहाँको भनाई छ ।

 

उहाँले पालिकाले छनौट गर्ने योजनाका बारेमा सर्वपक्षिय तथा सर्वदलिय बैठकमा छलफल गरेर अघि बढ्ने अभ्यास थालिएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले पालिकाले विना आग्रह पूर्वाग्रह काम गर्ने गरेको बताउनुभयो । उहाँले आफ्नो गाउँ ठाउँमा भएका योजना कसरी अगाडी बढेका छन् भनेर गुणस्तरीय बनाउन स्थानीय समुदायले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

 


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश के.सी.ले हालसम्म भएको आर्थिक एवं प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । रेडियो माण्डवीले समन्वय तथा सहजीकरण गरेको सार्वजनिक सुनुवाईको सञ्चालन पत्रकार शम्सेर विक्रम जि.सी.ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *