> राष्ट्रिय > प्यूठानमा ट्याक्टरले किच्दा बालिकाको मृत्यु


प्यूठानमा ट्याक्टरले किच्दा बालिकाको मृत्यु

प्यूठान, ५ मंसिर । प्यूठानमा ट्याक्टरले किच्दा एक बालिकाको मृत्यु भएको छ ।

झिमरुक गाउँपालिका-८ चैतेबारी स्थित झिमरुक खोलाबाट टिमुरचौर जादै गरेको रा १ त ७४७ नम्वरको ट्याक्टरले शुक्रवार दिउँसो साढे १ बजेको समयमा किच्दा ट्याक्टरमा सवार गौमुखी गाउँपालिका-७ चौताराकि ६ वर्षीय बालिका रजिना पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बालिकालाई ट्याक्टरबाट झर्दा ट्याक्टरले किचेको हो ।

मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि प्यूठान अस्पताल विजुवारमा ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक पोषण राज ढकालले जानकारी दिनुभयो । ठक्कर दिने ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको, ड्राइभरको खोजि कार्य भैइरहेको र घटनाको थप अनुसन्धान भैरहेको समेत सुचना अधिकारी ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *