राष्ट्रिय

नेपालमा थप २२६ जनामा कोरोना संक्रमण

प्यूठान । नेपालमा थप २२६ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस व्रिफिङ मार्फत पछिल्लो २४ घण्टामा २२६ जना नया संक्रमित भेटिएका जानकारी दिएको हो । मन्त्रालयको अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालका ५९ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ । जसमध्ये २२१ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

Related Articles

Back to top button