प्यूठान । ऐरावती गाउँपालिका-४ तिग्रापातलमा गाउँमाथीबाट पहिरो खस्न थालेपछि बस्ती नै विस्थापित भएको छन् । जमिनको धेरै ठाउँमा धाजा फाँटेको र जोखिम धेरै भएकाले गाउँका सवै मानिस गाउँ माथीको डाँडामा गएर बसेका छन् ।
बालबच्चादेखी वृद्धवृद्धाहरु डाडामा पुगेर बसेको स्थानीय रविन्द्र रोकाले जानकारी दिनुभयो । उनीहरु खुला चौरमा बसेको हुँदा अस्थायी रुपमा गाँस बासको व्यवस्था गनुपर्ने उहाँले बताउनुभयो ।
आफूहरुलाई सुरक्षित स्थानमा राख्नका लागि गाउँपालिकालाई स्थानीयले आग्रह गरेका छन् । उक्त बस्तीमा २३ घरधुरी रहेका छन् ।