> समाज > ‘उइ आर ओन रोयल प्यूठान’ ग्रुपद्वारा विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री वितरण


‘उइ आर ओन रोयल प्यूठान’ ग्रुपद्वारा विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री वितरण

प्यूठान, ११ असोज । ‘We Are One Royal Pyuthan’ ग्रुपले विद्यालयमा पुगेर विद्यार्थीलाइ शैक्षिक र स्वास्थ्य साम्रगी वितरण गरेको छ ।

प्यूठान नगरपालिका १ खैरामा रहेको श्री भुमिश्वरी प्राथमिक विद्यालयका विद्यार्थीलाइ मास्क, सेनिटाइजर, कापि, पेन र पेन्सिल वितरण गरिएका ग्रुपका सदस्य शिव बस्नेतले जानकारी दिनुभयो । विद्यालयमा रहेको ३५ जना विद्यार्थीलाइ ३०० वटा मास्क, सेनिटाइजर र प्रत्येक विद्यार्थीलाइ ४÷४ पिसका दरले कापि, पेन र पेन्सिल वितरण गरिएको हो ।

शैक्षिक सामग्रीको अभावले विद्यार्थी पढाइबाट वञ्चित हुन नदिन र कोरोना भाइरसको जोखिमलाइ कम गर्ने उदेश्यले उक्त सामग्री वितरण गरिएको बस्नेतले बताउनुभयो ।

ग्रुपले यसअघि स्वर्गद्वारी नगरपालिका ४ का गोठिवाङकि १७ वर्षीय अस्मिता नेपालीको उपचारमा ५ हजार, ब्लड क्यान्सर रोगबाट पिडित स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका बल बहादुर बुढाथोकी उपचारमा ५ हजार १ सय ५ र प्यूठान नगरपालिका ८ बाग्दुलाकि दुर्गा गिरीको उपचारमा ७ हजार आर्थिक सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *