> खेलकुद > आधारभुत स्काउट तालीम सम्पन्न


आधारभुत स्काउट तालीम सम्पन्न

प्युठान । प्युठान र रोल्पा जिल्लाका सामुदायिक बिद्यालयका शिक्षकहरुका लागि आधारभूत स्काउट तालिम जनता माबि बाग्दुलामा सप्पन्न भएको छ ।


सामुदायिक बिद्यालयहरुमा स्काउट संचालनका लागि लुम्बिनी प्रदेश सरकार शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आर्थिक वर्ष २०७९/०८० का लागि सामाजिक बिकास डिभिजन कार्यालयलय मार्फत कार्यान्वयन हुने गरि बिनियोजित बजेट अन्तर्गत तालीम गरिएको हो।

स्थानीय स्काउट समिति प्युठान नगरपालिकाका संयोजक दिल बहादुर दशौंदिको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल स्काउट लुम्बिनी प्रदेशका संयाेजक दिननाथ भट्टराई काे प्रमुख आतिथ्यता सामाजिक बिकास डिभिजन प्युठान प्रमुख बिष्णु प्रसाद भुसालको बिशेष आतिथ्यता रहेको थियो ।


५ रात ६ दिन सम्म संचालन हुने ५१० औं बि.टि.सि तथा ३७२ औं पि.टि.सि. तालिममा कोर्ष लिडरका रुपमा नेपाल स्काउट सहायक राष्ट्रिय प्रशिक्षकहरु शुसिला कुमारी बिष्ट र बसन्तलाल शाक्य तथा काउन्सिलरहरु मुकुन्द सुचिकार, हरि प्रसाद न्यौपाने, गेहराज शर्मा, सरस्वती शर्मा, हेमा पाण्डे लगायत रहनुभएको थियो।

तालिममा प्युठान र रोल्पा जिल्लाका विभिन्न सामुदायिक बिद्यालयबाट ४८ जना शिक्षकको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *