राष्ट्रिय

प्यूठानमा बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु

प्यूठान । प्यूठानको गौमुखी गाउँपालिकामा बाल्टिनमा राखिएको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

गौमुखी गाउँपालिका–७ नारीकोटका शिवलाल थापाका डेढ वर्षीय छोरा कृष थापाको आफ्नै घरमा बाल्टिनमा राखिएको पानीमा डुबेर मृत्यु भएको हो ।

बिहिवार बिहान बाल्टिनको पानीमा डुबेका बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा बालकलाई मृत घोषणा गरेका थिए ।

मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको जनाइएको छ ।

Related Articles

Back to top button