खेलकुद

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

प्यूठान । विजया दशमी तथा शुभ दिपावलीको शुभ अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला पूmटवल प्रतियोगिता संचालन हुने भएको छ ।

मल्लरानी गाउँपालिका ४ नं. वडाको सहयोग र एफसी खलंगाको आयोजना कात्र्तिक १७ गतेदेखि प्रतियोगिता संचालन हुन लागेको हो ।
प्रतियोगितामा विजेतालाई ४० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र र दोश्रो हुनेलाई २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मिडिया पार्टर प्यूठान समाचार डट कम रहेको छ ।

Related Articles

Back to top button