> राष्ट्रिय > माण्डवीको सार्वजनिक सुनुवाई कार्यक्रम : समृद्ध पालिका बनाउन सुझाव आवश्यक


माण्डवीको सार्वजनिक सुनुवाई कार्यक्रम : समृद्ध पालिका बनाउन सुझाव आवश्यक

सुजल श्रेष्ठ
प्युठान । माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी(रोसन) ले पालिकालाई समृद्ध बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

आज पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष रोसनले पालिकालाई समृद्ध बनाउन सबै पक्षको सहयोग र सुझाव आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले पालिकाले राजनीतिक रुपमा पक्षपात गर्ने गरि काम नगरेको दावी गर्दै जनताको माग, आवश्यकता, बजेटको अबस्थाको आधारमा कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले पालिकामा निशुल्क स्वास्थ्य बीमा, पशु बीमा, आधारभुत तह सम्मको शिक्षा नि:शुल्क लगायतकोकाम अघि बढाएको बताउनुभएको ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले चौमासिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिबेदन अनुसार हालसम्म १९ प्रतिशत मात्र खर्च भएको छ । बिपद्को कारण पालिकाको बिकास निर्माणको काममा ढिलाई भएको समेत उहाँको भनाई छ । केहि योजना सम्झौता भएर कार्यान्वयनमा रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा सडक, शिक्षा, खानेपानी, कृषि, सिंचाइ, सेवा लगायतका सवाल उठेको थियो ।
पत्रकार महासंघ प्युठानले सहजीकरण गरेको कार्यक्रममा
स्वागत गाउँपालिका उपाध्यक्ष पूर्ण कालाथोकि र उदेश्यबारे महासंघका अध्यक्ष सन्जय रिजाल र संचालन महासंघका कोषाध्यक्ष प्रज्वल पहाडीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *