> राष्ट्रिय > एसईई परीक्षा रोकियो


एसईई परीक्षा रोकियो

प्यूठान, ५ चैत ।
चैत ६ गतेदेखि शुरु हुन लागेको एसईई परीक्षा स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले केहिवेर अघि एसईई परीक्षा स्थागित गर्ने निर्णय गरेको खवर प्राप्त भएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री इश्वर पोख्रेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयो । एसईई दिनका लागि जिल्लाका विभिन्न ठाउँबाट परीक्षार्थी परीक्षाकेन्द्र पुगिसकेका छन् । टाढाटाढाबाट पुगेका विद्यार्थीले कोठा समेत लिएर बसेको अवस्थामा परीक्षा स्थगित भएको निर्णय सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!