> राष्ट्रिय > सरकारले भोलिदेखि विदेशबाट नेपाली नागरिक ल्याउँदै, यूएई र म्यानमारबाट भोलि नेपाली ल्याइने


सरकारले भोलिदेखि विदेशबाट नेपाली नागरिक ल्याउँदै, यूएई र म्यानमारबाट भोलि नेपाली ल्याइने

प्यूठान, २२ जेठ । सरकारले भोलिदेखि विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्ने जनाएको छ । लामो समय लकडाउनका कारण विदेशमा अलपत्र परेका नागरिकलाई भोलिबाट उद्धार गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भोलि शुक्रबार यूएई र म्यानमारमा रहेका नेपाली ल्याइने भएको छ। यूएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जनालाई भोलि काठमाडौं ल्याइँदैछ ।

म्यानमारले आफ्ना नागरिक लिन आउने विमानमै नेपालका ३५ जना नेपाली आउन लागेका हुन । यूएईले भोलिदेखि आठ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउन लागेको छ । यूएईबाट ४ हजार नेपाली फर्कने तयारीमा छन् ।

कुवेतममा रहेका करिब तीन हजार श्रमिकलाई पनि त्यहीको सरकारले नेपाल पठाइदिने भएको छ । आममाफी पाएका कामदारलाई कुवेत सरकारले फिर्ता गर्ने भएको हो । कुवेतबाट करिव ५ हजार नेपाली घर फर्कने प्रतिक्षामा रहेका छन् ।

पहिलो चरणमा सरकारले समस्यामा रहेका करिव ४० हजार नाागरिकलाई स्वदेश फर्काउने तयारी गरेको छ । कुवेत र साउदी अरेबियाबाट आठ–आठ हजार फर्कने तयारीमा छन् । कतारबाट ११, मलेसियाबाट ७ हजार र साइप्रसका चार सय पनि फर्कने सूचीमा छन् ।

त्यस्तै अध्ययनको शिलशिलामा रहेका १५ सय बढी विद्यार्थीहरु स्वदेश फर्किन तयार छन् । एक दिनमा एक मुलुकमा एक उडान गरी १० वटा उडानमार्फत् उद्दार गर्ने सरकारको तयारी छ । नेपाल वायुसेवा निगमका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमान उद्धारका लागि तयार गरिएको छ ।

विमानस्थलमा ओर्लेपछि भक्तपुर, ललितपुर र काठमाडौंमा ९ वटा पार्टी प्यालेसमा उनीहरुलाई राख्ने तयारी छ । त्यसपछि स्थानीय तह र प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा पठाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *