Bannerसमाज

घरायसी झगडामा पेट्रोल छर्कदा बुवा-छोरी घाइते, अवस्था गम्भिर

प्यूठान । घरायसी झगडामा बुवाले शरीरमा पेट्रोल छर्कदा बुवा-छोरी घाइते भएका छ्न । प्यूठान नगरपालिका-९ पारपाखाका ४५ वर्षिय सानू नेपाली र उनकी १८ वर्षिय छोरी अंजली नेपाली घाइते भएका हुन ।

 

घरायसी झगडामा सानुले आफ्नै शरिरमा पेट्रोल खनाई आगो लगाउने प्रयास गर्दा छोरीले बचाउन खोज्दा दुबै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । पेट्रोल खोसा-खोस गर्ने क्रममा दुबै जलेर घाइते भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिनुभयो ।

 

घाइते दुबै जनाको जिल्ला अस्पतालमा उपचार पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ । पाल्पामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button