> समाज > फोप्लीको स्वास्थ्य चौकीको अनुगमन


फोप्लीको स्वास्थ्य चौकीको अनुगमन

प्यूठान, २८ भाद्र । जिल्लामा रहेको नागरिक समाजद्वारा नौबहिनी गाउँपालिका ८ फोप्ली स्वास्थ्य चौकीको अनुगमन गरिएको छ ।

स्वास्थ्य चौकीमा प्रसुति बेड तथा डेन्तल डेक्सको अभाव रहेको स्वास्थ्यचौकी इन्चार्ज प्रकाश घिमिरेले जानकारी दिनुभएको छ ।
समस्याको बारेमा नौबहिनी गाउँपालिकाको उपाध्यक्ष धनबहादुर बुढालाई जानकारी गराईएको थियो ।


अभाव रहेका सामग्री मध्ये प्रसुति बेड तत्काल नौबहिनी गाउँपालिकाले उपलव्ध गराउने भएको छ । भने अन्य समस्यालाई पनि गाउँपालिकाले सम्वोधन गर्ने उपाध्यक्ष बुढाले जानकारी गराउनुभएको छ ।

उक्त अनुगमनमा गैरसरकारी महाँसंघ प्यूठानका अध्यक्ष नेत्र आचार्य हरप्लेस प्यूठानको कार्यक्रम संयोजक पम्फा पन्त, पत्रकार महासंघ प्यूठानका सचिव बिजयसिंह भारती, मानवअधिकार कर्मि पार्वता आचार्य,अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसि र रेडियो माण्डविकर्मी रबिन बिकको सहभागीतामा उक्त अनुगमन सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *