> समाज > माडी नदिमा बगेका मध्ये एक बालकको शव भेटियो


माडी नदिमा बगेका मध्ये एक बालकको शव भेटियो

प्यूठान, ३१ साउन । साइकल चलाउने क्रममा माडी नदिमा खसेर बेपत्ता भएका दुई बालकमध्ये एक जनाको शव फेला परेको छ ।

साउन २४ गते माडी नदिमा खसेर बेपत्ता भएका स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का दुई बालकमध्ये एक जनाको शव भेटिएको हो ।
माण्डवी गाउपालिकाको माण्डवी माध्यमिक विद्यालय नयाँगाउँदेखि केहि तल माडिखोलाको किनारमा बेपत्ता भएकामध्ये ११ वर्षीय विपिन गौतमको शव फेला परेको प्रहरीले जनाएको छ ।

सँगै बेपत्ता भएका सञ्जोक पार्धे अझै फेला परेका छैनन ।  बेपत्ता बालक नभेटिएपछि साउन २८ गते परिवारले कुशको शब बनाएर दाहसंस्कार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *