प्यूठान । चालु आर्थिक वर्ष २०७९/०८० को अन्तिम चौमासिक चलिहरेको छ । आर्थिक वर्ष सकिन लाग्दासम्म जिल्लाका केहि स्थानीय तहले आफ्नो वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छैनन ।
स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ अनुसार सभाले स्विकृत गरेको बजेट तथा कार्यक्रम श्रावण १५ भित्र सर्वसाधारणको जानकारीका लागि प्रकाशित गर्नुपर्ने छ । साथै सम्वन्धित स्थानीय तहले आफ्नो वेभसाईटमा राख्नुपर्ने दिग्दर्शनमा उल्लेख गरिएको छ ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका, ऐरावती गाउँपालिका, नौबहिनी गाउँपालिका र गौमुखी गाउँपालिकाको वेभसाईटमा बजेट कार्यक्रम भेटिदैनन् ।
