Bannerसमाज

प्यूठानबाट २ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै

८ वटा केन्द्रबाट परीक्षा संचालन

प्यूठान । आजदेखि कक्षा १२ को वार्षिक परीक्षा शुरु हुँदैछ । प्यूठानबाट २ हजार बढी विद्यार्थी सहभागी हुदै छ्न ।

जिल्लामा ८ वटा केन्द्रबाट परीक्षा संचालन हुन लागेको राष्ट्रिय परीक्षा बोर्ड घोराही कार्यालयका सूचना अधिकारी डिल्ली श्रेष्ठले जानकारी दिनुभयो ।

१ हजार ३०१ जना नियमित तर्फ र ७ सय ५६ जना ग्रेडवृद्धि तर्फ परीक्षामा सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button