> राष्ट्रिय > रोल्पाको त्रिवेणीमा बस दुर्घटनामा : ४ जनाको मृत्यु, १८ जना घाइते


रोल्पाको त्रिवेणीमा बस दुर्घटनामा : ४ जनाको मृत्यु, १८ जना घाइते

प्युठान । रोल्पाको त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको बस बस त्रिवेणी गाउँपालिका-७ तिला रिचिमा दुर्घटना भएको थियो ।दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो ।

रोल्पा प्रहरीका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका प्रहरीले बताएको छ ।

 

बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको छ । बस सडकदेखि करिब १५० मिटर तल खसेको र सो बसमा १९ जना यात्रू सवार रहेको प्रहरीको भनाइ छ ।

दुर्घटना भए लगत्तै प्रहरी स्थानीय जनता लगाएतको टोलि घटना स्थल पुगेर उद्धारमा जुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *