प्यूठान । अवैध रुपमा पशुचौपाया ओसारपसार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको छ ।
ऐरावती गाउँपालिका वडा नं. ६ बैरेनीबाट जुम्री तर्फ लैजादै गरेको ३६ वटा बाख्रा सहितको बोलेरो पिकअप प्रहरीले नियन्त्रणमा लिएको हो । आवश्यक कागजात नपुर्याई ढुवानी गर्ने गढवा गाउँपालिका वडा नं. ५ दाङ बस्ने २६ वर्षिय मोहम्मद फिरोज खानलाई एकीकृत कृषि तथा पशुपंछी बिकास कार्यालयले ५ हजार जरिवाना छ ।ढुवानीकर्तालाई आवश्यक कागजात तयार गर्न प्रक्रिया पुरा गर्न भनेको कार्यालयले जनाएको छ ।
यस्तै झिमरुक गाउँपालिका वडा नं. ५ मच्छी बजारदेखि बाग्दुला अवैध रुपमा लैजादै गरेको ३ वटा भैसी सहित बोलेरो जोपलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाहीका लागि एकीकृत कृषि तथा पशुपंछी बिकास कार्यालयमा पठाएकोछ । आवश्यक प्रक्रिया पूरा गर्न भन्दै कार्यालयले गढवा गाउँपालिका वडा नं. ५ देउखुरी दाङ बस्ने समीर खानलाई ५ हजार जरिवाना गरेको छ ।
