Bannerस्थानीय सरकार

प्यूठान नगरपालिकाका जेष्ठ नागरिकलाई लुम्बिनी र त्रिवेणीधाम तिर्थाटन

प्यूठान । नगर क्षेत्र भित्रका जेष्ठ नागरिकहरुलाई प्यूठान नगरपालिकाले तिर्थाटन गराएको छ । बार्षिक स्विकृत कार्यक्रम अनुसार जेष्ठ नागरिक तिर्थ यात्रा कार्यक्रम २०८२ अन्तरगत तिर्थाटन गराइएको हो ।

 

पर्यटकीय तथा गौतम वुद्धको जन्मस्थल लुम्बिनी र नवलपरासी स्थित त्रिवेणीधाम भ्रमण गरिएको हो । प्रत्येक वडाबाट र नगर स्तरीय जेष्ठ नागरिक सञ्जालका पदाधिकारीहरुको भ्रमणमा सहभागीता रहेको थियो ।

 

बैशाख ८ र ९ गते दुई दिन भ्रमण गरिएको हो । जेष्ठ नागरिकहरुको माग अनुसार बार्षिक स्विकृत कार्यक्रममा समावेश गरि भ्रमण कार्यक्रम गरिएको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बताउनुभयो ।

 

जेष्ठ नागरिक भ्रमणको शुभकामना दिँदै प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले तिर्थाटनबाट सिकेका विषयलाई नगर क्षेत्रका जेष्ठ नागरिकको पक्षमा आगामी दिनमा योजना निर्माण गर्न टेवा पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

 

आर्थिक अवस्थाका कारण अथवा सन्तानले दिन नसकेको सुविधा नगरपालिकाले दिएको भन्दै जेष्ठ नागरिकहरुले सुखी व्यक्त गरेका छन् । आगामी वर्षमा पनि तिर्थाटन कार्यक्रमलाई निरन्तरता दिँदै नगर क्षेत्र भित्रका सबै जेष्ठ नागरिकलाई तिर्थाटनको व्यवस्था गरिदिन जेष्ठ नागरिकहरुले सुझाव समेत दिएका छन् ।

 

जेष्ठ नागरिकसँगै भ्रमण कार्यक्रम व्यवस्थित बनाउनका लागि प्यूठान नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता सुमनराज श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष नन्दे पुनको सहभागीता रहेको थियो । महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु धिताल सहित नगरपालिकाका कर्मचारीहरुले भ्रमण कार्यक्रमको व्यवस्थापन गरेका हुन् ।

Related Articles

Back to top button