प्यूठान । पछिल्लो मत परिणाम अनुसार दुई वडाको नतिजा आएको छ । जस अनुसार स्वर्गद्धारी नगरपालिकाको १ नम्वर वडामा गठबन्धन प्यानल र नौबहिनी गाउँपालिकाको १ नम्व वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
स्वर्गद्धारी नगरपालिकामा वडा अध्यक्षमा मेघराज जिसीले ७३१ मत ल्याउनुभएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवारले ५८० मत ल्याउनुभएको छ ।
नौबहिनी गाउँपालिका १ मा घन बहादुर बुढा सहितको प्यानल विजयी भएको छ । घन बहादुर बुढाले ८९८ र नेकपा एकीकृत समाजवादीका पुर्ण बुढाले ७१२ मत पाउनुभएकाे छ । ७४ मत पूर्ण बदर भएकाे छ ।
