> स्थानीय सरकार > सरुमारानीको हंसपुर स्वास्थ्य चौकीको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन सुझाव


सरुमारानीको हंसपुर स्वास्थ्य चौकीको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन सुझाव

प्यूठान । सरुमारानी गाउँपालिका वडा नं. ३ स्थित हंसपुर स्वास्थ्य चौकीको सेवा प्रवाहको विषयमा जिल्ला स्थित नागरिक समाज सञ्जालले अनुगमन गरेको छ ।

 

सेवा प्रदाय निकाय र सेवाग्राहीबीचको आपसी सम्वन्धलाई सुदृढ गराउँदै प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने उदेश्य सहित सञ्जालले आज स्वास्थ्य चौकीमा पुगेर स्थलगत अनुगमन गरेको हो ।

वडा अध्यक्ष भीम बहादुर मर्सांगी सहित स्वास्थ्यकर्मीहरुसँग अन्र्तक्रिया गरि सेवा प्रवाहको विषयमा छलफल गरिएको थियो । सेवा प्रवाहलाइृ थप प्रभावकारी बनाउनका लागि सञ्जालले सुझाव समेत दिएको छ ।

 

उक्त सुझाव सहितको प्रतिवेदन गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीलाई समेत बुझाएको छ । स्वास्थ्य चौकीको अनुगमनपछि गाउँपालिकामा पुगेर उपाध्यक्ष मिना कुमारी सोमै र स्वास्थ्य शाखा प्रमुख रायमाझीसँग छलफल गरिएको थियो ।

सञ्जालले जिल्लाको शिक्षा, स्वास्थ्य, कषि र विपदका विषयमा केन्द्रित रहि सवालहरु उठाउँदै आएको छ । युएसएआइडीको सहयोगमा हरप्लेस प्यूठान र एफएचआई ३६० को साझेदारीमा सञ्चालित जवाफदेहिता परियोजनाले सञ्जाललाई सहयोग गर्दै आएको कार्यक्रम अधिकृत पम्फा पन्तले बताउनुभयो । चार वटा क्षेत्रका सवालहरुको पैरवीका लागि कार्यक्रमले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
जिल्लामा सरुमारानी गाउँपालिका र नौबहिनी गाउँपालिकामा परियोजना लागु भएको छ । अनुगमनमा सञ्जालका पदाधिकारी र सदस्यको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *