प्यूठान । ऐरावती गाउँपालिका वडा नं. ५ मा गठबन्धनको प्यानल विजयी भएको छ । अध्यक्षमा चन्द्र बहाुदर रोकामगर सहितको प्यानल विजयी भएको हो ।
महिला सदस्य दुर्गा के.सी., दलित महिला सदस्य विमला विक, खुल्ला सदस्य चन्द्र बहादुर थापा र मोहन बहादुर बोहोरा विजयी हुनुभएको छ ।
प्यूठान नगरपालिका ६ मा नरेन्द्र पुन(एनपी) को नेतृत्वको गठबन्धनको प्यानल विजयी भएको छ ।
त्यसैगरि स्वर्गद्धारी नगरपालिका वडा नं. ३ मा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार कृष्ण रोकाय विजय हुनुभएको हो ।
