> समाज > गौमुखीको नीति : दिर्घकालिन सोंचमा आधारित


गौमुखीको नीति : दिर्घकालिन सोंचमा आधारित

प्यूठान, १३ असार । गौमुखी गाउँपालिकाले आगाी आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याएको वार्षिक नीति दिर्घकालिन सोंचमा आधारित रहेको अध्यक्ष विष्णु कुमार गिरीले बताउनुभएको छ । आगामी आर्थिक वर्ष आयोजना र कार्यक्रमको संख्या भन्दा गुणात्मक पक्षमा जोड दिइने समेत उहाँले बताउनुभएको छ ।

कोरोना न्यूनिकरण गर्ने कार्यक्रम
कोरोना भइरसको महामारीको प्रभावलाई मध्यनजर गर्दै आगामी वर्ष कोरोना न्यूनिकरण गर्ने योजना बनाइ कार्यान्वयन गर्ने पालिकाले नीति लिएको छ । जसका लागि छुट्टै कोरोना विशेष कोष छुट्याइने पालिकाले नीति ल्याएको छ ।

कृषिको आधुनिकिकरण, व्यवसायीकरण र यान्त्रिकरण
पालिकाले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गरि कृषिजन्य उद्योग मार्फत विकासको आधार गर्ने नीति लिएको छ । कृषि समुह र सहकारीको गठनलाई प्रोत्साहन गर्दै ७५ प्रतिशत अनुदानमा कृषि उपकरण उपलब्ध गराउने नीति लिएको छ ।
कृषि उपज भण्डारणका लागि कोल्ड रुम र कोल्ड च्यम्वर निर्माण तथा सञ्चालन गर्ने नीति छ । जसका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जनाएको छ । कृषी र पशुपालन क्षेत्रमा विपदबाट हुनसक्ने क्षतिको न्यूनिकरण, उद्धार तथा राहतका कार्यक्रम संचालन गरिने जनाएको छ ।

\पर्यटकीय क्षेत्रको पूर्वाधार विकास
गौमुखी गाउँपालिका भित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवम् पर्यटकीय स्थलहरुको पहिचान गरी रोष्टर तयार गर्ने नीती लिएको छ । गौमुखीको विकासको लागी गुरुयोजना तयार गर्ने जनाएको छ।गौमुखीलाई प्रदेश सरकारबाट पर्यटकीय क्षेत्र घोषणा गराउन विशेष पहल गर्ने र पर्यटकीय पुर्वाधारहरुको विकास गर्ने नीतिमा उल्लेख छ।

सडकको बर्गीकरण
पालिकाले गाउँपालिकाको सडक गुरुयोजना अनुरुप यातायातको सुविधासँगै कृषी, पर्यटन प्रवर्द्धन तथा आन्तरिक आयमा टेवा पुर्याउने खालका सडकको दिगो व्यवस्थापनमा जोड दिने जनाएको छ।साविकका सडकहरु आवश्यक वर्गिकरण गरि मर्मत संहार, स्तरोन्नती पुर्ननिर्माणको निति लिएको छ।गाउँपालिकामा रहेका पुराना बाटोहरुको मर्मत संहार गर्न पालिकाले आफ्नै मेशिनको व्यवस्था गर्ने जनाएको छ।

गुनासो सुन्न हेलो गौमुखी गाउँपालिका
पालिकाले जनगुनासोलाई सम्बोदन गर्न हेलो गौमुखी गाउँपालिकाकक्षको स्थापना गर्ने नीति लिएको छ। यस कक्षमा जनताले फोन, फेसबुक, टिविटर, लिखित निवेदन तथा स्वयम उपस्थित भई जनचासोको जुनसुकै विषयमा गुनासो राख्नसक्नेछन्।जनगुनासो ७२ घण्टा भित्र सम्बोधन गरिने नीतिमा उल्लेख छ।
गाउँपालिकाको आन्तरिक सुरक्षा व्यवस्थामा सहयोगको लागि पालिका प्रहरीको व्यवस्था गर्ने जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *