प्यूठान । नेपाल प्रहरीले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना खोलेको छ ।
प्यूठान जिल्ला लागि १ हजार ५ सय ३५ जनाको लागि दरखास्त खुलेको हो । माघ १ गतेभित्र बिदाको दिन पनि
आबेदन दिन सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खलंगा, सशस्त्र प्रहरी बल रातामाटा, इलाका प्रहरी कार्यालय बिजुवार र बाहानेमा आबेदन दिन सकिन्छ ।

