> राष्ट्रिय > सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको नयाँ नेतृत्व चयन


सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको नयाँ नेतृत्व चयन

प्युठान । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा प्यूठानको नयाँ नेतृत्व चयन भएको छ ।

 

 

१८ औ साधारण सभा तथा ५ औं अधिबेशनबाट धुर्व कुमार थापाको अध्यक्षतामा १८ सदस्य रहेको जिल्ला कार्यसमिति गठन भएको छ । जिल्ला समन्वय समितिको सभाहल खंलगामा भएको जिल्ला अधिबेशनबाट उपाध्यक्षमा नारायणी जिसी, सचिव छमा श्रेष्ठ, कोषाध्यक्ष केशव बि.क चयन हुनु भएको छ ।

 

सदस्यमा दामोदर शर्मा, नर्मदा अधिकारी, तुल्सा सुबेदी, लोकेन्द्र सुनार, लक्ष्मी मल्ल, दिपा पुन, रुमान सिह कुवँर, तारा पुरी, लक्ष्मी पोख्रेल, यम बहादुर पुन, मञ्जु महतरा, सुर्य बहादुर सार्की चयन हुनु भएको छ । २ सदस्य माण्डवी गाउँपालिकाबाट मनोनयन गरीने संस्थाले जनाएको छ ।

 

अधिबेशनबाट न्यायिक समितिको संयोजकमा कमला ज्ञवाली, सदस्यमा जिबराज भण्डारी, मिना गिरी निर्वाचित हुनु भएको छ भने लेखा तथा अनुगमन समितिको संयोजकमा बिक्रम केसी, सदस्यमा शुसिला अधिकारी, खिम बहादुर बि.क चयन हुनु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *